एजेन्सी ,चैत्र १ ।
सत्तारुढ रिपव्लिकन पार्टीले ल्याउन लागेको नयाँ नीतिका कारण अमेरिकामा १ करोड ४० लाख मानिसले स्वास्थ्य बिमा सेवा गुमाउने भएका छन् ।
रिपव्लिकनले सन् २०१८ देखि लागु हुनेगरि नयाँ नीति ल्याउने तयारी गरेपछि नागरिकको स्वास्थ्य बिमा गुम्न लागेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
स्वतन्त्र अर्थ विश्लेषकको टोलीले रिपब्लिकन स्वास्थ्य कार्यक्रमको मुल्यांकन गरेको जनाईएको छ । सन् २०२६ सम्ममा स्वास्थ्य बिमा अनिश्चित रहनेको संख्या २ करोड ४० लाख पुग्ने तथ्यांक सार्वजनिक गरिएको छ ।
बिमा कार्यक्रममा ल्याईएको नयाँ नीतिले संघिय घाटामा ३ खर्ब ३७ अर्बको कमि आउने प्रतिवेदन सार्वजनिक गरिएको हो ।
पुर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य बिमा सम्बन्धि कार्यक्रमा ओबामा केयरलाई विस्थापित गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुरुपको अमेरिकन हेल्थ केयर एक्ट कार्यान्वयन गर्ने योजना सार्वजनिक गरिएको छ ।