नेदरल्याण्डस् र टर्कीबीचको तनाब अझै जारी

नेदरल्याण्डस् र टर्कीबीचको तनाब अझै जारी

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी, १ चैत ।
नेदरल्याण्डसँगको कूटनीतिक तनाब बढिरहेकाबेला टर्कीले डच उपप्रधानमन्त्री र डच राजदूतलाई अंकरा फर्कन नदिने घोषणा गरेको छ ।

टर्कीलाई राष्ट्रपतिको शक्ति बढाउने विषयमा अप्रिल १६ मा हुन लागेको जनमत संग्रहलाई लिएर यूरोपका विभिन्न मुलुकले र्याली गर्न रोक लगाएपछि उसले नेदरल्याण्डस्सँगको उच्च तहको राजनीतिक वार्ता पनि स्थगित गरेको छ ।

नेदरल्याण्डस्ले भने टर्कीमा रहेका आफ्ना नागरिकलाई सावधान रहन सूचित गरेको छ ।

जर्मनी, अष्ट्रिया, स्वीट्जरल्याण्डले पनि र्यालीमा रोक लगाएका छन् । तर फ्रान्सले भने र्याली अगाडि बढाउन दिने जनाएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानर्ले यालीमा रोक लगाउने कार्यलाई नाजीवादको अवशेष र फाँसीवादी भनी आरोप लगाउनु भएको छ ।

आइतबारमात्र नेदरल्याण्डस्ले टर्कीस मन्त्रीलाई रोट््रड्याममा सम्बोधन गर्न रोक लगापछि त्यहाँ व्यापक झडप भएको थियो । नेदरल्याण्डस्मा दुई दिन पछि आमचुनाव हुँदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी