एजेन्सी,फागुन ३० ।
इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ ।
फोहोर फाल्ने ठाउँमा पहिरो जाँदा पुरिएर उनीहरुको मृत्यु भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ ५० वर्षदेखि फोहोर थुपारिँदै आएको थियो ।
घटनामा अझै केही हराइरहेको हुन सक्ने भन्दै खोजी जारी रहेको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
फोहोरको पहाड नै बनेको स्थानमा अस्थायी घर बनाएर मजदुरहरु बस्दै आएका थिए । पहिरो गएका बेला त्यहाँ १ सय ५० जना मानिस रहेको बताइएको छ ।
पहिरो गएको ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाउँदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline