एजेन्सी ,३० फागुन ।
चीनको सरकारी अखबार ग्लोबल टाईम्सले आफ्नो सम्पादकीय मार्फत भारत अमेरीका र जापानको ट्रयापमा परेर चीन विरुद्ध प्रयोग हुन सक्ने भन्दै त्यो घातक हुने चेतावनी दिएको छ ।
कुनै पनि शक्तिले चीनको वृद्धिलाई रोक्न नसक्ने भन्दै सम्पादकीयमा एशिया प्यासीफिक क्षेत्रको शक्ति सन्तुलनका निम्ती अमेरीका र जापानले भारतलाई उपयोग गर्न खोजिरहेको भन्दै यसमा लागे भारत धेरै जोखिममा पर्ने चेतावनी दिईएको छ ।
भारत आफैमा शक्तिशाली बन्ने चाहना राख्छ भने उसले अमेरीका र जापानको बन्धनमा बाधिनु हुदैन , बरु छिमेकी शक्तिहरुसगँ विकासको नया कार्यक्रम सहित अघि बढ्नु फलदायी हुन्छ सम्पादकीयमा भनिएको छ ।
एशिया प्यासीफीक क्षेत्रको सुरक्षा अस्थीरतातर्फ उन्मुख भएको भन्दै बरु भारत र चीनले एशिया प्यासीफीक क्षेत्रको सुरक्षामा महत्वपूर्ण भूमिका निभाउन सक्ने उल्लेख गरिएको छ ।