अदिस अबाबा २९ फागुन । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा आइतबार कम्तिमा ४८ जनाको मृत्यु भएको सहरका प्रवक्ताले फ्रान्सेली समाचार संस्था एएफपीलाई आइतबार बताएका छन् ।
पहिरोमा परी दर्जनौँ मानिस बेपत्ता भइरहेका छन् भने उनीहरूको खोजी कार्य जारी छ ।
शनिबार राति गएको पहिरोले करिब ३० घरलाई पुरेको र २८ जना घाइते भएको प्रवक्ता दग्माबिस मोगेसले जानकारी गराए ।
पहिरोले घर पुरेपछि कैयौँ जना गाउँबाट विस्थापित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline