टर्कीस सेनाले गम्भिर मानवअधिकार उल्लंघन गरेको राष्ट्रसंघको आरोप

टर्कीस सेनाले गम्भिर मानवअधिकार उल्लंघन गरेको राष्ट्रसंघको आरोप

  • शनिबार, फाल्गुन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी २८ फागुन ।
टर्कीको सेनाले मानव अधिकार सम्बन्धी गम्भीर अपराध गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मुलुकमा १८ महिना चलेको द्वन्द्वका क्रममा लगाइएको कफ्र्युका बेला सबैभन्दा धेरै मानवअधिकार उल्लंघनका घटना भएको राष्ट्रसंघले उल्लेख गरेको छ ।

त्यसबेला सेना र कुर्दिस्तान वर्कर्स पार्टीबीच भएको द्वन्द्वका क्रममा दुई हजार जनाको ज्यान जानुका साथै झण्डै पाँच लाख विस्थापित भएको राष्ट्रसंघलेसार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

टर्कीस सरकारले भने कुनै विश्वसनीय अनुसन्धान नगरेको र सरकारले त्यो प्रतिवेदनको सत्यतामाथि नै प्रश्न उठाएको संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त जेइद राद अल हुसैनले बताउनुभयो ।

प्रतिवेदनको निश्कर्षका बारेमा टर्कीका राष्ट्रपतिको प्रशासनले पनि स्वतन्त्र रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी