फागुण २७ काठमाण्डौं । ईराकको टिक्रिट शहरमा आईएसले एउटा विवाह समारोहमा २ वटा आत्मघाती बम विष्फोट गराउदा २६ जनाको मृत्यु भएको छ ।
हजाज गाँउमा बिबाहका पाहुनाहरुले खान पान गरीरहेका बेला विष्फोट भएको थियो ।
यस हमलाको जिम्मेवारी आईएसले लिएको छ । उसले आफ्ना दुई लडाकुले विष्फोट गराएको दावी गरेको छ ।
शुरुमा विवाहको खुसीयालीमा डान्स गरीरहेको भीडमा विष्फोट भएको थियो । त्यस पछि दोस्रो विष्फोट घाईतेहरुको उद्धारमा आएका मानिसहरुलाई लक्षित गरी गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline