सिआइएले साइबर हयाकिङ् गरेको खुलासा

सिआइएले साइबर हयाकिङ् गरेको खुलासा

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी ,फाल्गुन २५ ।
विकिलिक्सले अमेरिकाको गुप्तचर संस्था सिआइएले गैरकानुनी रुपमा साइबर हयाकिङ् गरेको खुलासा गरेको छ ।

मालवेयर नामक सफटवेयरको प्रयोग गरी सिआइएले गोप्य दस्तावेज ह्याक गरेको विकिलिक्सले जनाएको हो ।

सिआइएका हजारौं गोप्य कागजातहरु सार्वजनिक गर्दै विन्डोज, एन्ड्रोयड, आइओएस, ओएसएक्स र लिनक्स कम्प्यूटर प्रणाली तथा इन्टरनेट राउटरहरुको प्रयोगबाट सिआइएले गोप्य विवरण लिने गरेको दावी गरेको छ ।

साइबर ह्याकिङमा प्रयोग भएका मध्ये केही सफटवेयरहरु सीआइएले आफैं बनाएको र केही भने सामसंग टिभी प्रणालीलाई निशाना बनाई बेलायतको एमआइफाइभ संस्थाले बनाएको विकिलिक्सको आरोप छ । यद्यपी सिआइएले भने यो बिषयमा कुनै प्रतिक्रिया नदिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी