ट्रम्पले लगाएको आरोपमा कुनै सत्यता छैन ः ओबामा

ट्रम्पले लगाएको आरोपमा कुनै सत्यता छैन ः ओबामा

  • आइतवार, फाल्गुन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी,फागुन २२ ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपको खण्डन गर्नु भएको छ ।
राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाउनु भएको थियो ।

तर, पूर्वराष्ट्रपति ओबामाले त्यो आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गर्नु भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

ओबामाका प्रवक्ता केविन लुइसले ओबामा या ह्वाइट हाउसका कोही पनि अधिकारीले कुनै पनि अमेरिकी नागरिकको जासुसीको आदेश नदिएको स्पष्ट पार्नु भएको छ ।

उहाँले ओबामा प्रशासनमाथि लगाइएको आरोप झुठो भएको बताउनु भएको हो । यद्यपी राष्ट्रपति ट्रम्पले आरोपको ठोस प्रमाण भने ल्याउन सक्नु भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी