एजेन्सी फागुण २१ । चीनले संभावित युद्धको परिस्थितिलाई मध्यनजर गर्दै रक्षा बजेटमा सात प्रतिशतको ठूलो वृद्धि गरेको छ ।
यसपछि चीनको रक्षा बजेट करीब एक सय ६० अर्ब अमेरीकी डलर बराबरको हुने छ । चीनका प्रधानमन्त्री लि ख छ्यागंले यस्तो घोषणा गर्नु भएको हो ।
अमेरीकाले रक्षा बजेटमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको केही समय लगत्तै चीनले पनि बढोत्तरी गरेको हो ।
संसारमा अमेरीकाले सबै भन्दा धेरै रक्षा क्षेत्रमा खर्च गर्दै आएको छ ।त्यस पछि चीन, रुस, भारत लगायतका मुलुकले रक्षा क्षेत्रमा खर्च गर्दै आएका छन् ।
यो वृद्धि पछि कुल जिडिपीको १.३ प्रतिशत चीनले रक्षा क्षेत्रमा खर्च गर्ने छ । यो वृद्धिले चीनले भारतलाई निकै उछिनेको छ । भारतको भन्दा चीनको जिडिपी ५ गुणा बढी रहेको छ । भारतले रक्षा क्षेत्रमा २ प्रतिशतको हाराहारीमा खर्च गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline