मोसुल आक्रमणमा रसायनिक हतियार प्रयोग

मोसुल आक्रमणमा रसायनिक हतियार प्रयोग

  • शनिबार, फाल्गुन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी २१ फागुन ।
इराकको मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ ।

मोसुलको दुई छुट्टा छुट्टै स्थानमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग भएको पुष्टि भएको रेडक्रसको अन्तराष्ट्रिय समिति आइसिआरसीले जनाएको छ ।

आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका थिए । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्ने बारेमा पत्ता नलागेपनि घाइते सबैको उपचार रसायनिक हमलाको पीडितको रुपमा भैरहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय कानुनमा त्यस्ता रसायनिक आक्रमण प्रतिबन्धित छ । आक्रमण विद्रोही संगठन आइएसले गरेको अनुमान गरिएपनि हालसम्म यसको जिम्मेवारी कसैले लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी