मलेसियाद्धारा उत्तर कोरियाका नागरिकलाई दिइदै आएको निशुल्क भिसा खारेज

मलेसियाद्धारा उत्तर कोरियाका नागरिकलाई दिइदै आएको निशुल्क भिसा खारेज

  • बिहिबार, फाल्गुन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, फागुन १९ ।
उत्तर कोरियाका नागरिकलाई मलेसियाले दिंदै आएको निःशुल्क भिसा खारेज गरेको छ ।

उत्तर कोरियाका नेता किम जोङ उन का दाइ किम जोङ नाम को हत्यामा उत्तर कोरियाली संलग्नता पाइएपछि मलेसियाले उत्तर कोरियाली नागरिकका लागि निःशुल्क भिसा प्रणाली खारेज गरेको हो ।

उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले उत्तर कोरियाली नागरिकलाई प्रवेशमा रोक नलगाईंदा मलेसियामा अपराध मौलाएको भन्दै अब कडा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

गत साता रसायन आक्रमण गरी किम जोङ नामको हत्या गरिएको थियो । मलेसियाको यस निर्णयले उत्तर कोरियालाई ठूलो धक्का लाग्ने भएपनि उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी