सिरीया माथि प्रतिवबन्ध लगाउने प्रस्तावको विरुद्ध उभियो चिन र रुस

सिरीया माथि प्रतिवबन्ध लगाउने प्रस्तावको विरुद्ध उभियो चिन र रुस

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, फागुन १८ ।
संयुक्त राष्ट्रसंघले सिरियामाथि प्रतिबन्ध लगाउन गरेको प्रस्ताव रुस र चीनले भिटो प्रयोग गरी विफल पारेका छन् । सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिका, बेलायत र फ्रान्सले ल्याएको प्रस्ताव रुस र चीनले अस्वीकृत गरि दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षा परिषद्को प्रस्ताव विरुद्ध उभिएर रुसले सिरियाली सरकारको बचाउ गरेको यो सातौं पटक हो । सिरियामा सन् २०११ यता सुरु भएको गृहयुद्ध पछि सुरक्षा परिषद्को प्रस्ताव विरुद्ध चीन भने छैटौं पटक उभिएको हो ।

सन् २०१३ मा रुस र अमेरिकाबीचको सम्झौतापछि रासायनिक हतियार नष्ट गर्न सिरियाली सरकार सहमत भएको थियो । सिरियाली राष्ट्रपति बशर अल असादले आफ्नै जनताविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप लगाईए पनि उहाँले भने अस्वीकार गर्दै आउनु भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्तालाई असर गर्ने भन्दै सिरिया विरुद्धको प्रतिबन्ध पूरै अनुचित भएको जिकीर गर्नु भएको छ । सिरियाली गृहयुद्धका कारण लाखौं मानिस मारिउका छन् भने आधाभन्दा बढी जनसंख्या शरणार्थी बन्न बाध्य बनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी