चिलीको सान्टीयागोमा खानेपानी आपुर्ति बन्द , चालीस लाख प्रभावित

चिलीको सान्टीयागोमा खानेपानी आपुर्ति बन्द , चालीस लाख प्रभावित

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी , १६ फागुन ।
आँधीबेहरी र पहिरोका कारण नदीहरु दूषित बनेपछि चिलीको राजधानी सान्टीयागोमा दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरिएको छ ।
सान्टीयागाका मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले खानेपानी आपूर्ति बन्द गरेको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । खानेपानी आपुर्ती बन्द भएपछि सो क्षेत्रका चालीस लाख व्यक्तिहरु प्रभावित भएका छन् ।
आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यान समेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अबिरल वर्षा र पहिरोका कारण माटो ढुङ्गासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो ।
सो नदीबाट सान्टीयागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । उक्त नदी कहिलेसम्म सफा हुने भन्ने अझै यकिन नभएको अधिकारीहरुले बताएका छन् । खानेपानी नहुदा १४ लाख ५० हजार घरपरिवार प्रभावित भएका छन् ।
मानिस आपतकालिन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न लागेका छन् । बिना पानी नचल्ने रेष्टुरेन्ट जस्ता व्यापार बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् भने नयाँ शैक्षिक सत्र पनि अनिश्चित समयको लागि बन्द गरिएको छ ।
खानेपानी आपूर्तिको अभावका कारण सान्टीयागो जिल्लाको ३० वटा जिल्ला प्रभावित भएका सो क्षेत्रका गभर्नर क्लाउडिओ आर्रेगोले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी