जर्मनीमा आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण

जर्मनीमा आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्स फागुन १६ ।
जर्मनीमा गतवर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको हालै एक प्रतिवेदनले देखाएको छ ।

सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जर्मनीको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो । गत वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका थिए । घाइते हुनेमा ४३ जना बालबालिका छन् ।

आप्रवासीमाथि भएका धेरैजस्तो आक्रमण उनीहरुको घरभन्दा बाहिर भएको मन्त्रालयले जनाएको छ । करीब एक हजार आक्रमण भने उनीहरुको आवास क्षेत्रमै भएको छ ।

चान्सलर एन्गेला मर्केलले द्वन्द्वका कारण समस्यामा परेका देशका नागरिकलाई जर्मनीमा शरण दिने नीति लिएपछि ध्रुवीकरण बढेको र यसले घृणाको अपराध बढाएको पनि बताइएको छ । यसले आतंककारी आक्रमणको खतरा बढेको विश्लेषण पनि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी