ट्रम्पद्धारा ह्वाईट हाउसका संवाददाताहरुकोे डिनर बहिष्कार

ट्रम्पद्धारा ह्वाईट हाउसका संवाददाताहरुकोे डिनर बहिष्कार

सञ्चार माध्यमहरुसँगको सम्बन्ध चिसीदै

  • आइतवार, फाल्गुन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी,फागुन १५।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददाताहरुसँगको सामूहिक डिनर बहिष्कार गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले आगामी अप्रिल २९ तारिखका दिन हुने ह्वाईट हाउसका संवाददाताहरुको समूहको डिनर बहिष्कारको घोषणा गर्नु भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसले गर्दाे राष्टपति ट्रम्प र सञ्चार माध्यमबीचको सम्बन्ध झनै चिसिंदै गएको छ । आफूविरुद्धका आलोचनात्मक समाचारलाई गलत तथा अतिरञ्जित बताउँदै आएका ट्रम्पले लगातार एक पछि अर्को कार्यक्रममा सञ्चार माध्यमको तिखो आलोचना गर्दै आउनु भएको छ ।

मीडियालाई अमेरीकी जनता र प्रजातन्त्रको शत्रुको दर्जा दिनुभएका ट्रम्पले पछिल्लो पटक ह्वाईट हाउस संवाददाताहरुको डिनर बहिष्कार गर्ने घोषणा गरेपछि सम्बन्ध झनै खराब भएको हो ।

यसअघि ह्वाईट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पका आलोचक सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको थियो । सिएनएन, बिबिसी, न्यूयोर्क टाईम्स, गार्जीयन, डेली मेल लगायतका विश्वका ठूला र प्रतिष्ठित सञ्चार माध्यमका प्रतिनिधिलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएपछि ट्रम्प थप आलोचित बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी