मेक्सिकोको सिमामा पर्खाल लगाउने काम तोकिएको समय भन्दा पहिले नै सुरु हुन्छ : ट्रम्प

मेक्सिकोको सिमामा पर्खाल लगाउने काम तोकिएको समय भन्दा पहिले नै सुरु हुन्छ : ट्रम्प

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमा रोक लगाउन भन्दै मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खाल निर्माण कार्य निर्धारित समय भन्दा पहिले नै सुरु हुने बताउनु भएको छ ।

कन्जरभेटिभ पार्टीको मेरिल्याण्डमा भएको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले मेक्सिको सँगको सीमा पार गर्न नसकिने गरी पर्खालको निर्माण चाँडै नै सुरु हुने बताउनु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

आफ्नो नितिमा जहिलेपनि अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै ट्रम्पले इस्लामिक स्टेट आइएसलाई पूर्ण रुपमा परास्त गर्ने गरी रणनिति तय भइरहेको बताउनुभयो ।

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सन र होमल्याण्ड सुरक्षा मन्त्री जोन केलीले आफ्ना मेक्सिकन समकक्षीसँग भेट गरेको एक दिनपछि ट्रम्पको यस्तो भनाई आएको हो ।

मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खाल निर्माणका लागि २१ अर्ब ५० करोड अमेरिकी डलर भन्दा धेरै लाग्ने होमल्याण्ड सुरक्षा मन्त्रालयको आन्तरिक प्रतिवेदनलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी