सिरिया सरकार र विद्रोही समुहबीच आजबाट वार्ता हुदै

सिरिया सरकार र विद्रोही समुहबीच आजबाट वार्ता हुदै

  • बिहिबार, फाल्गुन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौ १२ फागुन । 
सिरिया सरकार र विद्रोही विपक्षी समुहबीच आजबाट शान्तिवार्ता सुरु हुँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा स्विजरल्याण्डको जेनेभामा हुने वार्ता केही सातासम्म जारी रहने बताइएको छ ।

राष्ट्रसंघका सिरिया प्रतिनिधि स्टेफन सी मिष्टुराले आज सुरु हुने वार्ताले हिंसा अन्त्य नभएपनि शान्ति प्रक्रियाको बाटो सहज बनाउने प्रतिक्रिया दिनुभएको छ ।

विपक्षी समुहले राष्ट्रपति बसर अल असदको पदमा बसिरहनु पर्ने कारणका विषयलाई मुख्य एजेण्डा बनाएका छन् । यद्यपी सरकारी पक्षले सो विषयमाथिको छलफल अस्विकार गरेको छ ।

पछिल्लो एक वर्ष यता दुवै पक्ष बीच पहिलो पटक वार्ता हुने लागेको हो । सिरियामा सन् २०११ देखि सुरु भएको द्धन्द्धका कारण ३ लाख भन्दा बढी मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

द्धन्द्धकै कारण ४८ लाख बढी सर्वसाधारण विस्थापित भएका छन् । सिरियामा जारी द्वन्द्वका कारण शरणार्थी समस्या उच्च छ । पश्चिमा मुलुकले समेत संकट समाधानका लागि पहल आवश्यक रहेको प्रतिक्रिया दिदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी