क्यानडा सरकारले आइएस प्रभावित क्षेत्रका १२ हजार शरणार्थीलाई प्रवेश दिइने

क्यानडा सरकारले आइएस प्रभावित क्षेत्रका १२ हजार शरणार्थीलाई प्रवेश दिइने

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ११ फागुन ।
क्यानडा सरकारले विद्रोही समुह इश्लामिक स्टेट आइएसको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्विकृति दिने भएको छ ।

क्यानाडाले शरणार्थीमध्ये विषेश गरी महिला, बालबालिका, यजिदी आदीवासी र अल्पसंख्यक धर्मावलम्वीलाई प्राथमिकता दिने जनाइएको छ ।

शरणर्थी मध्ये कुनै धर्म र जातलाई पक्षपात नगरिने त्यहाँका बसाइँसराइ मन्त्री अहमद हुसेनले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

झण्डै चार सय शरणार्थी क्यानाडा प्रवेशका क्रममा रहेको हुसेनले बताउनु भयो । उनीहरुलाई पुनःस्थापित गर्न झन्डै दुई करोड बिस लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

यजिदी समुदायका व्यक्ति विषेशगरी इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी