एजेन्सी, फागुन १० ।
अतिवादी इस्लामिक स्टेट आईएसलाई पराजित गर्न भ्रष्टाचार अन्त्य गर्नेु पर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । भ्रष्टाचार अन्त्य नभए सम्मा आइएसलाई कुनै पनि हातलमा पराजित गर्ने नसक्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको हो ।
आईएस पराजीत भएको हेर्न चाहनेहरुले आ–आफ्नो देशमा चुलिएको भ्रष्टाचार न्यून गर्नैपर्ने एक प्रतिवेदनमार्फत् ट्रान्सपरेन्सीले औल्याएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
भ्रष्टाचारविरुद्ध कार्यरत विश्व संस्था ट्रान्सपरेन्सीले मध्यपूर्वसहितका मुलुकमा आतंकवाद मौलाउनुमा एक मूख्य माध्यम बनेको भ्रष्टाचार नियन्त्रणका लागि अमेरिका, बेलायत सहितका पश्चिमा देशले चासो नदेखाएको प्रति आलोचना समेत गरेको छ ।
सैनिक बजेटप्रति उत्तरदायी बनाउन दबाब सृजना गर्न पनि उसले अपील गरेको छ । अन्धाधुन्ध रुपमा भइरहेको भ्रष्टाचारलाई देखाएर आईएसले मानिसहरुलाई आफूप्रति आकर्षित गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।