सोमालियामा भएको आत्मघाती कार बम विस्फोटमा परी ३९ जनाको मृत्यु

सोमालियामा भएको आत्मघाती कार बम विस्फोटमा परी ३९ जनाको मृत्यु

  • सोमवार, फाल्गुन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी,फागुन ९।
सोमालियाको राजधानी मोगादिशुमा आत्मघाती कार बम विस्फोट हुँदा ३९ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् ।

मोगादिशुको दक्षिणी क्षेत्रमा अवस्थित खाद्यान्न तथा तरकारीको व्यस्त बजारमा विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विस्फोटका कारण बजार ध्वस्त भएको छ ।

फेब्रुअरीको सुरुमा भएको राष्ट्रपतीय चुनावमा मोहम्मद हब्दुल्लाही मोहम्मद विजयी भएपछि राजधानी मोगादिशुमा भएको यो ठूलो आक्रमण हो । आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।

तर बिद्रोही समूह अल–शबाबले आक्रमण गरेको हुनसक्ने आशंका रहेको बिबिसीले जनाएको छ । शनिबार अल–शबाबका एक उच्च नेताले राष्ट्रपतिका समर्थकलाई लक्षित गरी ठूलो आक्रमण गर्ने बताएका थिए ।

नयाँ राष्ट्रपतिको समर्थन गर्ने सबै राक्षसी मानसिकता भएका मानिस रहेको आरोप लगाउँदै अल–शबाबका नेता शेख हसन याकुबले ति सबै आक्रमणको खतरामा रहेको बताउनु भएको थियो ।

राष्ट्रपति मोहम्मदले आक्रमणको निन्दा गर्नु भएको छ । उहाँले आक्रमणकारीका बारेमा सूचना दिनेलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी