उत्तर प्रदेशमा विधान सभाको तेस्रो चरणको मतदान जारी

उत्तर प्रदेशमा विधान सभाको तेस्रो चरणको मतदान जारी

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी ८ फागुन ।  

भारत उत्तर प्रदेशमा विधानसभा निर्वाचन अन्तरगत आज तेस्रो चरणको मतदान भइरहेको छ । तेस्रो चरणमा १२ जिल्लाका ६९ सिटका लागि मतदान भइरहेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

सात चरणमा हुने चुनाव अन्तरगत पहिलो चरणमा ७३ तथा दोस्रो चरणमा ६७ सिटका लागि मतदान भइसकेको छ । उत्तर प्रदेश विधानसभामा चार सय ३ सिट छ ।

उत्तर प्रदेशको चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षणका रुपमा पनि हेरिएको छ । यो चुनावलाई पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउने सहितका प्रधानमन्त्री मोदीको निर्णयको परीक्षणको रुपमा पनि हेरिएको छ ।

सन् २०१४ मा भएको लोकसभा चुनावमा भारतीय जनता पार्टी बिजेपीले उत्तर प्रदेशका ८० मध्ये ७३ सिट जितेको थियो । तर विधानसभा चुनावमा बिजेपीको प्रदर्शन राम्रो नहुने विश्लेषण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी