इक्वेडरमा आज राष्ट्रिपतीय निर्वाचन हुदै

इक्वेडरमा आज राष्ट्रिपतीय निर्वाचन हुदै

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी फागुन ८।
इक्वेडरमा आज राष्टपति पदको लागि निर्वाचन हुदै छ । राष्ट्रपतीय निर्वाचनमा एक करोड २८ लाख मतदाता मतदानमा सहभागि हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आज हुने राष्टपतिय निर्वाचनमा दुइ अलग आर्थिक तथा राजनीतिक धारका विच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा सत्तारुढ प्रगतिशील पिएआइएस पार्टीका लेनिन मोरेनो र क्रिएटिङ अप्परच्यूनिटिज क्रिओ पार्टीसँग आबद्ध पूर्व बैंक कर्मचारी गुल्लेर्माे लास्सोका विच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

यी दुइ उम्मेदवारले आफ्नो चुनावी घोषणपत्रमा अलग अलग मोडलको आर्थिक कार्य योजना प्रस्ताव गरेका छन् । निर्वाचनको पूर्वअनुमानित परिणाम आकलनमा मोरेनो अग्रस्थानमा रहे पनि विजयी हुका लागि आवश्यक पर्ने ५० प्रतिशत बढीको स्पष्ट बहुमत ल्याउने सम्भावना भने कमजोर रहेको छ ।

इक्वेडर निर्वाचन ऐन अनुसार राष्टपति पदमा विजयी हुनका लागि ५० प्रतिशत भन्दा बढीको स्पष्ट बहुमत वा आफ्नो प्रतिद्धन्द्धीले प्राप्त गरेको मत संख्याको १० प्रतिशतले बढी हुने संख्या सहित खसेको मत संख्याको न्यूनतम ४० प्रतिशत मत प्राप्त गर्नु पर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी