एजेन्सी,फागुन ७।
पाकिस्तानमा विद्रोही विरुद्धको अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोही मारिएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।
सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलनदरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा भएको आक्रमणपछि पाकिस्तानी सुरक्षाकर्मीले सुरु गरेको अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोहीको मृत्यु भएको विविसीले जनाएको छ ।
दरगाहमा भएको आत्मघाती आक्रमणमा कम्तिमा ८० जनाको मृत्यु भएको थियो भने दुई ५० भन्दा धेरै घाइते भएका थिए । त्यसपछि पाकिस्तानी सेनाले सिन्ध तथा पञ्जाब प्रान्तसहित मुलुकभर विद्रोही विरुद्ध कारबाही अभियोन चलाएको हो ।
कारबाही अभियानको क्रममा धेरैलाई पक्राउ पनि गरिएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । बिहीबार दरगाहमा भएको आक्रमणको प्रधानमन्त्री नवाज शरीफले निन्दा गर्दै घटनामा संलग्न विरुद्ध कारवाही अभियान चलाउन निर्देशन दिनुभएको हो ।
कारवाही अभियान जारी रहेको पाकिस्तानी सेनाले जनाएको छ । उक्त आक्रमणमा मृत्यु भएकाहरुको सम्झनामा सिन्ध प्रान्तीय सरकारले तीन दिनको राष्टिय शोकको घोषणा समेत गरेको छ ।