एजेन्सी फागुन ६।
पाकिस्तानको दक्षिण सिन्ध प्रान्तमा भएको आत्मघाती बम आक्रमणमा परि ७२ जनाको मृत्यु भएको छ । आक्रमणमा दुई सय ५० जना घाइते भएका छन् ।
आक्रमणमा ४३ जना पुरुष, २० बालबालिका र ९ जना महिलाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धत गर्दै विविसीले जनाएको छ ।
आक्रमणमा गम्भीर घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरले उद्दार गरी अस्पताल र्पुयाएको अधिकारीहरुले जनाएका छन् । उक्त विद्रोही समूह इस्लामिक स्टेट आइएसले गरेको हुन सक्ने आशंका गरिएको छ ।
प्रधानमन्त्री नवाज शरिफले यो घटनाले आफू विक्षिप्त भएको भन्दै हिंसा मार्फत विभाजित गर्ने वा डराउने मौका नदिने बताउनु भएको छ ।
उहाँले पाकिस्तानको पहिचान र सार्वभौम मानवताका लागि एक साथ खडा हुने बताउनुभयो । उहाँले आइएस विरुद्ध कडा रुपमा उत्रने पनि बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline