भारतमा पनि वायु प्रदुषण बढेर चीनको अवस्थामा पुग्न लागेको हेल्थ इफेक्ट्सको भनाई

भारतमा पनि वायु प्रदुषण बढेर चीनको अवस्थामा पुग्न लागेको हेल्थ इफेक्ट्सको भनाई

  • बुधबार, फाल्गुन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी फागुन ४।
भारतमा पनि वायु प्रदुषणको मात्रा निकै बढेर चीनको जस्तै अवस्थामा पुग्न लागेको अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले जनाएको छ ।

हेल्थ इफेक्ट्सले गरेको नयाँ अध्ययनमा वायु प्रदुषणका कारण भारतको हावा विषाक्त बन्दै गएको देखाएको छ । यही विषालु हावा तथा प्रदुषणका कारण भारतमा हरेक वर्ष १० लाख भन्दा धेरै मानिसको ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हावामा रहेका सुक्ष्म कण सबैभन्दा खतरनाक हुने भएकाले यसले श्वासप्रश्वास सम्बन्धी रोग तथा फोक्सोको क्यान्सर हुने गरेको छ । प्रदुषणका कारण ज्यान गुमाउनेमा धेरैमा श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर देखिएको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निकालेको प्रतिवेदनमा भारतमा प्रदुषण स्वास्थ्यका लागि निकै ठूलो चुनौती बन्दै गएको र धेरैको यही कारण ज्यान गएको उल्लेख थियो । तर अहिले आएको हेल्थ इफेक्ट्सको प्रतिवेदनमा डब्लुएचओले बताए भन्दा धेरैको ज्यान प्रदुषणका कारण गएको उल्लेख छ ।

यसले समस्या थप जटिल बन्दै गएको देखिने सरोकारवालाले बताएका छन् । भारतमा वायु प्रदुषणको अवस्था झण्डै चीनमा जस्तै बन्दै गएको हेल्थ इफेक्ट्सले जनाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी