एजेन्सी ३ फागुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लाइनले राजिनामा दिनुभएको छ । रुससँग निकट सम्बन्धका कारण विवादमा आएका फ्लाइनले नियुक्ति भएको केही दिनमै राजिनामा दिनुभएको हो ।
फ्लाइनमाथि विदेश निति विपरित रुसमाथि लगाएको प्रतिवद्धका सम्बन्धमा अमेरिकास्थित रुसी राजदूतसँग परामर्श गरेको आरोप लागेको छ । उनले रुसी राजदुतसँग भएको छलफलका बारेमा ह्वाइट हाउसका अधिकारीलाई भ्रममा राखेको बिबीसीले उल्लेख गरेको छ ।
फ्लाइनको सम्बन्धबारे न्यायिक विभागले ह्वाइट हाउसलाई चेतावनी दिएको थियो । फ्लाइनको गतिविधि राष्ट्र हितमा नभएको भन्दै डेमोक्रेट नेताहरुले फ्लाइनको राजिनामा माग गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline