पाकिस्तानको लाहोरमा भएको आत्मघाती विस्फोटमा परी १३ जनाको मृत्यु

पाकिस्तानको लाहोरमा भएको आत्मघाती विस्फोटमा परी १३ जनाको मृत्यु

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी,फागुन ३।
पाकिस्तानको लाहोरमा तालिवानले गरेको बम विस्फोट परी कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४० जना घाइते भएका छन् ।

विस्फोटनमा परि मृत्यु हुनेमा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दल पनि रहेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । स्थानीय एक फार्मेसीले पञ्जाब प्रान्तले औषधि बिक्री सम्बन्धी कानुनमा संशोधन गर्न लागेकोमा विरोध प्रदर्श भइरहेको ठाउँमा विस्फोट भएको हो ।

मोटरसाइकलमा आएको आत्मघाती आक्रमणकारी प्रदर्शनकारीको बिचमा छिरेर विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानी सेनाले गरेको कारवाही अभियानको प्रतिक्रिया स्वरुप विस्फोट गरेको तालीवानीले जनाएको छ । विस्फोटमा परी मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।

यस्तै प्रधानमन्त्री नवाज शरीफले आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले गुप्तचर विभागलाई सजग रहन निर्देशन पनि दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी