पुनरावेदन अदालतको फैसलाले न्यायीक शक्तिको अपहरण गरेको ह्वाइट हाउसका उच्च सल्लाहकारको आरोप

पुनरावेदन अदालतको फैसलाले न्यायीक शक्तिको अपहरण गरेको ह्वाइट हाउसका उच्च सल्लाहकारको आरोप

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी, फागुन २ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका उच्च सल्लाहकार स्टिफन मिलरले संघीय पुनरावेदन अदालतको आलोचना गर्नु भएको छ ।

ह्वाइट हाउसका उच्च सल्लाहकार मिलरले राष्ट्रपति डोनाल्ड ट्रम्पको सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश कार्यान्वयन गर्न नदिने पक्षमा फैसला सुनाएको प्रति संघीय पुनरावेदन अदालतको आलोचना गर्नु भएको हो ।

मिलरले पुनरावेदन अदालतको फैसलाले न्यायीक शक्तिको अपहरण गरेको आरोप समेत लगाउनु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ । सार्थ उहाँले राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न नसक्ने जिकीर गर्नु भएको छ ।

अमेरिकाको संघीय पुनरावेदन अदालले गत बिहीबार वासिङटनको सिएटल संघीय अदालतले गरेको निर्णयलाई सदर गर्दै राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो ।

ट्रम्प प्रशासनले सिएटल अदालतको फैसलाको विरोधमा पुनरावेदन अदालतमा अपिल दर्ता गरेको थियो । राष्ट्रपति ट्रम्पको ओदश विरुद्ध विभिन्न संघीय अदालतमा मुद्दा दर्ता भएका छन् र अमेरिकासहित विश्वभर प्रदर्शन भएको छ ।

अदालतको निलम्बन तथा प्रदर्शनका बाबजुद पनि ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गर्ने तयारी गरेको पनि बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी