एजेन्सी माघ २८ । चुनावी दौरानमा र चुनाव जीते पछि पनि ताईवानी नेतासगँको टेलिफोन एवं चीन विरोधी अभिव्यक्ति दिए पछि चीनले कडा आपत्ति जनाईरहेका बेला अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनप्रति नरम भएका छन् ।
चीनीया राष्ट्रपति सि जिन पिङसगँ टेलिफोन गर्दै ट्रम्पले आफूले एक चीन नीतिको सम्मान गर्ने आस्वासन दिएका छन् । चीनीया राष्ट्रपतिको ब्रिफिङ पछि ट्रम्पले एक चीन नीतिप्रति सम्मान गर्ने बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
साथै फोनमा दुई नेताले आपसी हित र अन्तराष्ट्रिय मामलाहरुमा चर्चा गरेका थिए । दुवै नेताले एक अर्का देशका जनतालाई शुभकामना दिदै भ्रमणको निम्तो आदान प्रदान गरेका छन् । यो टेलिफोन पछि दुवैदेशबीच बढेको तनाव कम हुने अपेक्षा गरिएको छ । टेलिफोन कुराकानी पूर्व ट्रम्पले चीनीया राष्ट्रपतिलाई पत्र लेख्दै चीनसगँ रचनात्मक सम्बन्ध चाहेको बताए पछि टेलिफोनमा कुराकानी भएको बताईएको छ ।