डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने सम्बन्धी विधेयक अमेरिकी सदनमा पेश

डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने सम्बन्धी विधेयक अमेरिकी सदनमा पेश

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी २८ माघ ।  

अमेरिकी संसदमा डाइभरसिटी भिसा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने सम्न्धी विधेयक पेश भएको छ । यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुने भएकाछन् ।

यद्यपि यो विधेयक ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटर टोम कटन र डेभिड पर्डिउले सदनमा पेश गरेका हुन् । विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि एक अन्तर्वार्ताका क्रममा ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताउनु भएको थियो । डिभी चिठ्ठा कार्यक्रम अन्तरगत हरेक वर्ष ५० हजार अमेरिका जाने गरेका थिए ।

यस्तै फेमेली कोटा अन्तरगत अमेरिकामा ग्रिनकोर्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्ने व्यवस्था रहेको थियो ।

यद्यपी हृवाइट हाउसका प्रवक्ताले भने सदनमा छलफल भएपछि मात्र बोल्ने भन्दै यस विषयमा कुनै प्रतिक्रिया दिन नमानेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

विधेयक राष्ट्रपति ट्रम्पकै नीति अनुसार आएको मानिएको छ । विधेयक दर्ता गरेपछि रिपब्लिकन सिनेटर टोम कटनले आप्रवासीको संख्या घटाउँदा अमेरिकीले फाइदा लिनसक्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी