ट्रम्पलाई अदालतको पुनः अर्को झट्का

ट्रम्पलाई अदालतको पुनः अर्को झट्का

मुस्लिम नागरिक प्रवेशमा रोक लगाउने निर्णय पुनरावेदन अदालतबाट पनि बदर

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी २८ माघ ।  

अमरिकी एक संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मस्लिक देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय अनुचित भएको भन्दै सियाटल अदालतको फैसला सदर गरेको छ ।

पुनरावेदन अदालतको फैसलाले डोनाल्ड ट्रम्पलाई पुनः झट्का लागेको छ । मुस्लिम नागरिकलार्ई अमेरिका प्रवेशमा रोक लगाउने गरी राष्ट्रपति ट्रम्पले २७ जनवरीमा दिएको विवादित कार्यकारी आदेशविरुद्ध परेको रीटमा अदालतले एकपछि अर्को गर्दै ट्रम्प प्रशासनलाई निराश पारिदिएको हो ।

सियाटल अदालतले गरेको निर्णयविरुद्ध गरेको अपिलमा ट्रम्पले मस्लिम बाहुल सात देशबाट अमेरिकालाई खतरा भएको जिकीर गरेपनि अदालतले भने खतरा भएको प्रमाण देखाउन नसकेको भन्दै पुनरावेदन खारेज गरिदिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

अदालतको फैसलापछि ट्रम्पले यस फैसला शर्मनाक र राजनीतिबाट प्रेरित रहेको टिप्पणी गर्नुभएको छ । ट्रम्प प्रशासनले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कानूनी अधिकार आफूसँग रहेको जिकीर अदालत समक्ष गरेको थियो । अब यो प्रकरण सर्वोच्च अदालतमा पुग्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी