एजेन्सी माघ २७ । आईएसलाई लक्षित गरी रुसी सेनाले गरेको हवाई आक्रमणमा तीन जना टर्की सैनिकको मृत्यु भएको छ । यो आक्रमण भूलबस भएको भन्दै रुसले दुखः व्यक्त गरेको छ ।
रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले टर्कीका राष्ट्रपति रचि तैयप एर्दोआनलाई टेलिफोन गरी दुखः व्यक्त गर्नु भएको हो ।
दुई वर्ष अघि टर्कीले रुसको सैनिक विमान खसालेको थियो ।
ईस्लामिक स्टेट विरुद्ध लड्न भन्दै सिरीयाको अलबाब शहरमा टर्कीले सेना तैनाथ गरेको छ ।
रुसले सिरीयाको सरकार लाई समर्थन गरेको छ भने टर्कीले विद्रोहीलाई समर्थन गरेको छ । तर दुवै देशले आईएस विरुद्ध लड्न भने सहमति जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline