एजेन्सी,माघ २७।
राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्याधिवक्ताका लागि प्रस्ताव गर्नुभएका जेफ सेसन्सलाई अमेरिकी सिनेटले अनुमोदन गरेको छ । सिनेटमा सेसन्सको पक्षमा ५२ तथा विपक्षमा ४७ मत खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लामो सुनुवाईपछि अमेरिकी सिनेटले महान्यायधिवक्ता लागि सेसन्सको मनोनयन अनुमोदन गरेको हो । आफ्नो मनोनयन अनुमोदनपछि सम्बोधन गर्दै सेसन्सले आफू सधैं कानुन कार्यन्वयन र शासनको पक्षमा रहेको बताउनु भएको छ ।
सेसन्सले राष्ट्रपति ट्रम्पले सदैव कानुनी व्यवस्था र शासनलाई प्राथमिकता दिएर अमेरिकीलाई हिंसात्मक अपराधबाट जोगाउन पहल गरेकाले आफ्नो ऐक्यबद्धता रहने बताएको बीबीसीले जनाएको छ ।
रङ्गभेद सम्बन्धि आरोपका कारण ३० बर्ष अघि उनलाई संघिय न्यायधिशको पदमा अस्वीकृत गरिएको थियो । सेसन्सलाई अस्वेत अमेरिकीको बिपक्षीमा भएको आरोप लाग्दै आएको छ ।
सन् १९८६ मा अश्वेत समुदायको अधिकारका लागि गठित एउटा संस्थालाई अमेरिका विरोधी भनेपछि सेसन्स आलोचित हुनुभएको थियो ।