अफगानिस्तामा आइसिआरसी का ६ जना कर्मचारीको हत्या

अफगानिस्तामा आइसिआरसी का ६ जना कर्मचारीको हत्या

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी,माघ २७।
अफगानिस्तामा बिद्रोही संगठन इस्लामिक स्टेटका लडाकुले अन्तर्रा्ष्ट्रिय रेड क्रस समिति (आइसिआरसी) मा कार्यरत ६ जनाको हत्या गरेका छन् ।

अफगानिस्तानको जोव्जान प्रान्तमा भएको घटनामा आइसिआरसीमा काम गर्ने ६ जना अफगानी नागरिकको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धत गर्दै विविसीले जनाएको छ ।

उनीहरुलाई बन्दुकधारी आइएसका लडाकुले कुश तेपा क्षेत्रमा गोली हानेका हुन् । दुई जना रेड क्रसकर्मी बेपत्ता रहेको प्रान्तिय गभर्नरले बताएका छन् । उनीहरुलाई आइएसका लडाकुले अपहरण गरेको आशंका गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइसिआरसीले भने घटनाको पुष्टि गर्दै हत्या कसले र किन गरेको हो भन्ने थाहा नभएको जनाएको छ । आइसिआरसीले इराकमा गर्दै आएको काम अस्थायी रुपमा बन्द गरेको छ । आइएसले सन् २०१५ देखि इराकमा हिंसात्मक गतिविधि गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी