एजेन्सी, माघ २६ ।
इरानका धार्मिक सर्वोच्च नेता अयोतल्लाह अलि खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रष्ट अमेरिकाको वास्तविक चरित्र देखाइरहेको आरोप लगाउनुभएको छ ।
खामेनीले मिसाईल परीक्षणका बिषयमा अमेरिकाले इरानलाई निगरानीमा राखेपछि ट्रम्पले अमेरिकी शासन पद्दतीमा व्याप्त राजनीतिक, आर्थिक, नैतिक र सामाजिक भ्रष्टाचार छताछुल्ल पारेको खामेनीले दाबी गर्नुभयो ।
ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेयता पहिलोपटक सार्वजनिक रुपमा सम्बोधन गरेका सर्वोच्च नेता खामेनीले इरानमा सन् १९९७ मा भएको इस्लामिक क्रान्तिको सम्झनामा आगामी शुक्रबार हुने प्रदर्शनमा सहभागी भई अमेरिकालाई चुनौती दिन समेत आफ्ना नागरिकलाई आग्रह गर्नुभएको छ ।
इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफले पनि ट्रम्पले इस्लामिक मुलुकहरुलाई पटकपटक आलोचना गर्दै आएकाले पुनस् आणविक सम्झौताका लागि पहल नगर्ने बताएका छन् ।
इरानले मिसाईल परीक्षण गरेर ६ शक्ति राष्ट्रसँग भएको आणविक सम्झौता भंग गरेको आरोप अमेरिकाले लगाएको छ ।