कोलम्बिया सरकार र विद्रोही समूह ईएलएन विच शान्ति वार्ता हुदै

कोलम्बिया सरकार र विद्रोही समूह ईएलएन विच शान्ति वार्ता हुदै

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, माघ २६ ।
कोलोम्बियामा सक्रिय बिद्रोही समूह द नेसनल लिवरेशन आर्मी ईएलएन र कोलिम्बिया सरकारबीच शान्तिवार्ता हुने भएको छ ।

पाँच दशकदेखि सशस्त्र विद्रोह गरिरहेको ई.एल.एन.सँग सरकारले पहिलो पटक वार्ता गर्न लागेको विविसीले जनाएको छ ।

इक्वेडरको राजधानी क्युटोमा हुने शान्ति वार्तापछि ई.एल.एन समूह शान्ति प्रक्रियामा फर्कने आशा गरिएको छ । उक्त वार्ता राष्ट्रपति जुआन म्यानुएल सान्तोसको पहलमा हुन लागेको हो ।

यसअघी राष्ट्रपतिकै नेतृत्वमा बिद्रोही समूह फार्कसँग भएको शान्ति वार्ता सफल हुन चार वर्ष लागेको थियो । ई.एल.एनले कोलोम्बियाका पूर्व सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि कोलोम्बियाली सरकारले वार्ता गर्ने निर्णय गरेको हो ।

वार्ताको प्रक्रिया सुरु भएसँगै ई.एल.एन.ले आफ्नो कब्जामा रहेका सरकारी अधिकारीलाई करिब १० महिनापछि मुक्त गरेको छ ।

सो समूहले कोलम्बियाको कारागारमा रहेका आफ्ना दुई सदस्यलाई मुक्त गरेपछि आफ्नो कब्जामा रहेका सरकारी अधिकारीलाई छाड्ने सर्त पछि वार्ताको वातावरण बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी