सिरीयाली सरकारले नै सर्वसाधरणको हत्या गरेको एम्नेष्टीको दाबी

सिरीयाली सरकारले नै सर्वसाधरणको हत्या गरेको एम्नेष्टीको दाबी

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

एजेन्सी, माघ २५ ।
सिरियामा राष्ट्रपति बशार अल असदको सत्ताले विपक्षी समर्थक हजारौं सर्वसाधारणलाइ निर्ममतापूर्वक हत्या गरेको मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।

राष्ट्रपति असदको सत्ताले १३ हजार विपक्षी समर्थक सर्वसाधारणलाई गोप्य रुपमा कारागारमै मारिएको एमनेष्टीले दावी गरेको विविसीले जनाएको छ ।

सन् २०११ सेप्टेम्बरदेखि २०१५ को डिसेम्बरसम्म हरेक हप्ता जस्तो स्याद्नाया कारागारमा सामूहिक रुपमा हत्या गर्ने गरिएको एमनेष्टीको भनाई छ ।

प्रत्येक वा दुई हप्ताको अन्तरमा २० देखि ५० जनाको सामूहिक हत्या गरिएको एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ । सर्वसाधारणको हत्यामा सिरियाका उच्च अधिकारी नै संलग्न रहेको प्रतिवेदनमा जनाइएको छ ।

सरकारले भने नागरिक वेपत्ता पार्ने र वेपत्ताकै अवस्थामा उनीहरुलाई हत्या गर्ने आरोप अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार विज्ञहरुले पनि सिरियामा सामूहिक हत्या गर्ने गरिएको आफूसँग प्रमाण नै रहेको जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी