एप्पलसहित ९७ अमेरिकी प्रविधि कम्पनीद्धारा ट्रम्पलाई कानुनी चुनौती

एप्पलसहित ९७ अमेरिकी प्रविधि कम्पनीद्धारा ट्रम्पलाई कानुनी चुनौती

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी २५ माघ ।  

एप्पल, फेसबुक, गूगलसहित ९७ अमेरिकी प्रविधि कम्पनीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सात मुस्लिम मुलुकका नागरिक प्रवेशमा रोक लगाउने आदेशविरुद्ध सामूहिक रुपमा कानूनी चुनौति दिएका छन् ।

ट्रम्पको प्रतिबन्धका कारण आफ्नो व्यापारमा ठूलो नोक्सान भएको भन्दै उनीहरुले कानूनी चुनौति दिएका हुन् । यद्यपि, एक अदालतले ट्रम्पको आदेश गलत भएको भन्दै अन्तरिम आदेश दिइसकेको छ ।

सानफ्रान्सिस्को अदालतमा चलेको मुद्दामा उनीहरुले सात मुस्लिम मुलकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदा आफ्ना कम्पनीहरुलाई प्रतिभा खोज्न गाह्रो पर्ने तर्क गरेका छन् ।

यता, अमेरिकी कानून विभागले भने प्रतिबन्धले राष्ट्रपतिको शक्तिको सीमालाई खुम्च्याउन खोजेको भन्दै कानून विभागले संघीय अदालतको रोक लगाउने निर्णय गलत भएको जिकीर गरेको हो ।

यसबारे पनि सानफ्रान्सिस्को अदालतमै आज सुनुवाई हुँदैछ । राष्ट्रपति ट्रम्पले २५ जनवरीमा सात मुस्लिम बहुल मुलुक सीरिया, ईरान, लीबिया, इराक, सोमालिया, सूडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी