अमेरीकालाई लक्षित गरी चीनले तयार गर्यो खतरनाक मिसाईल

अमेरीकालाई लक्षित गरी चीनले तयार गर्यो खतरनाक मिसाईल

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी माघ २४ । हालै चीनीया जनमुक्ति सेनाले डीएफ १६ अत्याधुनिक क्षेप्यास्त्र सहित सैन्य अभ्यास गरेको छ ।
आफ्नो क्षेप्यास्त्र प्रणालीबारे गोप्य रहने चीनले यस पटक क्षेप्यास्त्र सहितको अभ्यासको भिडियो सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
डिएफ १६ क्षेप्यास्त्रको मारक क्षमता एक हजार किलो मिटर सम्म छ । जसले भारत, जापान र अमेरीकी सैन्य अखडाहरुलाई मार हान्न सक्छ ।
यस अभ्यासमा चीनीया सेनाले फरक फरक परिस्थितिको युद्ध रणनीति, स्याटेलाईट बाट हुने जासुसी रोक्ने, रासायनीक हमला रोक्ने र ईलेक्ट्रोनिक जामिगंलाई कसरी हटाउने भन्ने अभ्यास गरेको देखिएको छ ।
डोनाल्ड ट्रम्प अमेरीकी राष्ट्रपति बनेदेखि ताईवानी नेतासगँ गरेको टेलिफोन , दक्षिणी चीनीया सागरमा देखिएको विवाद र अमेरीकाको रबैयाबाट आक्रोसित बनेको चीनले अमेरीकाको रणनीतिले संभावित युद्धको संकेत महसुस गर्दै युद्धको तयारी शुरु गरेको हो ।
हालै रुसले अमेरीकी अखडालाई लक्षित गरी रुसको सिमानामा लामो दुरीको अत्याधुनिक क्षेप्यास्त्र तैनाथ गरेको छ ।
यसले अमेरीकी नेतृत्वमा कुनै पनि अन्तराष्ट्रिय शक्तिले आक्रमण गरे जवाफी प्रत्याक्रमण गर्ने तयारी चीनले गरीरहेको जनाईएको छ । फौजी संख्याको दृष्टिले चीन विश्वकै ठूलो महाशक्ति राष्ट्र हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी