एजेन्सी २४ माघ ।
चीनको पुर्वी क्षेत्र झेजिङस्थित एक मसाज पार्लरमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा अन्य १८ जना घाईते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । ।
स्थानीय समय अनुसार आईतबार बेलुका साढे पाँच बजे तिर भएको आगलागी झण्डै दई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो । मृत्यु भएका मध्ये आठ जनाको घटनास्थलमै र बाँकी १० जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
चीनिया सामाजिक सञ्जालहरुमा पोष्ट गरिएको आगलागीको भिडिओमा आगलागीमा परेकाहरुले जीवन जोगाउन पटकपटक भाग्ने प्रयास गरेको तर असफल भएको देखिएको छ ।
आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । चीनमा अग्नी सुरक्षाको क्षेत्रमा खासै ध्यान नदिइएको भन्दै पटक पटक आलोचना समेत हुदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline