कास्मीर मुद्धा नमिले सम्म क्षेत्रीय शान्ति हुदैनः सरीफ

कास्मीर मुद्धा नमिले सम्म क्षेत्रीय शान्ति हुदैनः सरीफ

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

एजेन्सी माघ २३ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले भारत र पाकिस्तानबीच बिबादको मुख्य कारण कास्मीर रहेको भन्दै यसको विवाद नमिले सम्म क्षेत्रीय शान्ति संभव नरहेको बताएका छन् । आज कास्मीर ऐक्यवद्धता दिवसका अवसरमा प्रधानमन्त्री सरीफले विगत ७० वर्षदेखि भारतले कास्मीरी जनताको हक छिनेको र अधिकार दिन अस्वीकार गरीरहेको बताउनु भयो ।
कास्मीरमा भारतले सुनियोजित तरीकाले आतकवादको बढावा दिएर जनताको हत्या गरीरहेको सरीफले दावी गर्नु भयो ।
कास्मीरमा हिशा बन्द गर्न भारतलाई आग्रह गर्दै सरीफले सयुक्त राष्ट्रसंघको निर्देशन बमोजिम कास्मीरमा जनमत संग्रह गराउन सरीफले माग गर्नु भएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका सचिव सौकात अजिजले बुरहान बानी सहित कास्मीरीको भारतले निरन्तर हत्या गरे पनि जनताको स्वतन्त्रताको माग अन्त्य नभएको बताउनु भएको छ । भारतले कास्मीरलाई कब्जामा लिएको ७० वर्षमा पनि त्याहा शान्ति हुन सकेको छैन ।
भारतले कास्मीर भित्र मात्रै ७ लाख फौज तैनाथ गरेर कास्मीरी जनतामाथि नियन्त्रण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी