अमेरीकाले गलत कदम उठाए गजराती क्षेप्यास्त्रले जवाफ दिने ईरानी रिभोल्युसनरी गार्डको चेतावनी

अमेरीकाले गलत कदम उठाए गजराती क्षेप्यास्त्रले जवाफ दिने ईरानी रिभोल्युसनरी गार्डको चेतावनी

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी माघ २२ । अमेरीकाले मध्यम दुरीको ब्यालेष्टीक मिसाईल परीक्षण गरेको विरोधमा थप प्रतिवन्ध लगाए पछि ईरानको रिभोल्युसनरी गार्डले देशको सुरक्षामा कुनै किसिमको खतरा भए साईबर वार देखि गजराती मिसाईल सम्म प्रयोग गरेर जवाफ दिने चेतावनी दिएको छ ।  रिभोल्युसनरी गार्डद्धारा सञ्चालित वेवसाईटमा  सेमनाम प्रान्तमा हुन लागेको सैन्य अभ्यास दुष्मनसगँको खतरा विरुद्धको पूर्ण तयारीको रुपमा भएको जनाईएको छ ।

रिभोल्युसनरी गार्डका कमाण्डरले शत्रुले हमलाको संकेत दिएमा स्वदेश निर्मित अत्याधुनिक क्षेप्यास्त्र बर्षाउने चेतावनी दिएका छन् । वेभसाईटमा अपमानजनक प्रतिवन्ध र सभावित हमलाको विरुद्ध साईवर युद्ध प्रणाली, स्वदेश निर्मित मिसाईल सिस्टम र राडार लाई व्यवस्थित प्रयोग गरिने जनाईएको छ ।

ब्रिगेडियर जनरल आमीर आलि हाजी जाहेदले तसमीन न्युज एजेन्सीलाई जानकारी दिदै गजराती क्षेप्यास्त्र शत्रुले गलत कदम उठाएमा प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् ।  अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले क्षेप्यास्त्र परीक्षण गरे पछि आक्रोसपूर्ण प्रतिकृया दिए पछि ईरानले कडा जवाफ दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी