भ्रष्टाचारी विरुद्धको कानुन खुकुलो बनाउने सरकारी कदमविरुद्ध प्रदर्शन

भ्रष्टाचारी विरुद्धको कानुन खुकुलो बनाउने सरकारी कदमविरुद्ध प्रदर्शन

  • शनिबार, माघ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी २२ माघ ।
भ्रष्टाचारी विरुद्धको कानुनलाई खुकुलो बनाउने सरकारी कदम विरुद्ध रोमानीयामा पाँचौदिन आजपनि हजारौ नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

बुखारेष्टको बीचभागमा जम्मा भएर उनीहरुले मानव साङ्लो बनाएर सिटी बजाउदै भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनमा देशभरी झन्डै दुई लाख ५० हजार प्रदर्शनकारी हुने अनुमान गरिएको थियो ।

सन् १९८९ मा कम्युनिष्ट तानाशाहलाई हटाउने बेलामा भएको प्रर्दशन पछिको सबैभन्दा ठुलो प्रदर्शन अहिले भएको प्रदर्शनकारीले बताएका छन् । सरकारले गलत तरिकाले आर्जन गरिएको सम्पत्तिलाई बैधानिकता दिन लागेको प्रर्दशनकारीहरुको आरोप छ ।

तर सरकारी पक्षले भने आफ्नो आदेश संशोधन हुन नसक्ने अडान राखिरहेको छ । भ्रष्टाचार गर्ने सरकारी अधिकारीलाई कारबाहीको दायरा कटौती गर्ने सरकारी आदेशका विरुद्धमा रोमानीयमा विगत पाँच दिन देखि प्रदर्शन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी