एजेन्सी, माघ २१ ।
यमनस्थित अलकायदाको गढमा अमेरिकी राष्ट्रपतिको कार्यालयले गरेको आक्रमणमा सर्वसाधारण नागरिक मारिएको आशंका गरिएको छ ।
गरेको छ । निकै सोचपूर्णरुपमा गरिएको आक्रमणमा पनि सर्वसाधारण मारिएको हुनसक्ने आशंका ह्वाइट हाउसले गरेको हो ।
यमनको एक गाउँमा गत शनिबार भएको आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारण मारिएकोमा ८ वर्षीया बालिकासमेत रहेको मानवअधिकारवादी संगठन रिप्रिवलाई उद्धत गर्दै विविसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्टपति भएपछि यो अभियानलाई अनुमति दिनु भएको थियो । यसअघि अमेरिकी सेनाले गाउँमा गरेको आक्रमणमा नौ सेनाका एक जवानको मृत्यु भएको र अन्य तीन जना घाइते भएको जनाएको थियो ।
तर अहिले अमेरिकी सेन्ट्रल कमान्डले मारिनेमा बालबालिका समेत हुनसक्ने जनाएको हो । ह्वाइट हाउसका प्रवक्ता शान स्पाइसरले भने यमनमा गरिएको कारबाही कसैको जिन्दगी बचाउनकै लागि गरिएकाले त्यो सफल भएको दाबी गर्नु भएको छ ।