बेलायतमा इयुबाट बाहिरीने प्रक्रियालाई निरन्तरता दिन प्रधानमन्त्रीलाई संसदको समर्थन

बेलायतमा इयुबाट बाहिरीने प्रक्रियालाई निरन्तरता दिन प्रधानमन्त्रीलाई संसदको समर्थन

  • बिहिबार, माघ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी, माघ २० ।
बेलायती संसदले युरोपियन युनियनबाट निस्कने प्रक्रियालाई निरन्तरता दिन प्रधानमन्त्री थेरेसा मेलाई समर्थन दिएको छ ।

ईयूसँग चलिरहेको बे्रक्जिट प्रक्रियालाई अगाडि बढाउने नबढाउने भन्ने सम्बन्धमा सरकारले ल्याएको ईयूसम्बन्धी विधेयकमा ३८४ जना सांसदले प्रक्रिया निरन्तर राख्न मत दिएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् । जसलाई विपक्षी लेबर पार्टीले पनि समर्थन गरेको छ ।

यस्तै ११४ जना सांसदले भने विपक्षमा मत हालेको बताइएको छ । लिबरल डेमोक्रेट सहितका तीन दलले पनि विधेयकको विपक्षमा मत दिएका छन् भने लेबर पार्टीका ४७ जना र सत्तारुढ टोरीका पूर्व चान्सलर क्लेन क्लार्कले भने विपक्षमा भोट हालेको बताइएको छ ।

गत हप्ता हाउस आफ कमन्समा फिर्ता आएको विधेयकमा अत्यधिक बहुमत मिलेको हो । गत जुनमा भएको जनमत संग्रहमा झिनो मतान्तरले युरोपेली युनियनबाट बाहिरिनुपर्छ भन्नेहरुको बहुमत आएको थियो ।

उक्त परिणामपछि प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिनु भएको थियो भने थेरेसा मे नयाँ प्रधानमन्त्रीमा चुनिनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी