पूर्व विदेश राज्य मन्त्री तथा सांसद ई अहमदको निधन

पूर्व विदेश राज्य मन्त्री तथा सांसद ई अहमदको निधन

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी, माघ १९।
भारतीय संसदको संयुक्त अधिवेशन चलिरहेकै समयमा अचानक बेहोस भएर ढलेका एक सांसदको आज विहान निधन भएको छ ।
भारतको पूर्व विदेशराज्यमन्त्री समेत रहनु भएका ७८ वर्षीय सांसद ई अहमदको दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा आज विहान निधन भएको हो ।

हिजो संसदको संयुक्त बैठकलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सम्बोधन गरिरहँदा सांसद ई अहमद आफ्नै सीटमा अचानक बेहोस हुनु भएको थियो ।

संसद परिसरमै प्राथमिक उपचारपछि उहाँलाई उपचारका लागि राम मनोहर लोहिया अस्पताल लगिएको थियो । उहाँको आज विहान लोहिया अस्पतालमा उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सांसद ई अहमद केलरको मल्लापुरम सीटबाट लोकसभा सदस्य निर्वा्चित हुनु भएको थियो । उहाँ इन्डियन मुस्लिम लिगका राष्ट्रिय अध्यक्ष हुनुहुथ्यो ।

मनमोहन सिंह नेतृत्वको युपिए सरकारमा विदेश राज्यमन्त्री समेत रहनु भएका उहाँले रेल राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी