एजेन्सी, माघ १९ ।
अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनित गरेका दुई मन्त्रीका उम्मेदारको छनौट गर्ने मतदान प्रक्रिया डेमोक्रेटिक सांसदहरुले बहिष्कार गरेका छन् ।
ट्रम्पको छनौट विरुद्ध भएको बहिष्कारसँगै मतदान प्रक्रिया तत्कालका लागि पछि धकेलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मनोनित स्वास्थ्य मन्त्री टम प्राइस र अर्थ मन्त्री स्टीफन मनुशिनको आर्थिक गतिविधिको बारेमा थप जानकारीको माग गर्दै मतदान प्रक्रिया बहिष्कार गरिएको बताएको छ ।
यो सँगै मनोनित महान्यायाधिवक्ता जोफ सेसन माथिको मतदान पनि सरेको छ । ट्रम्पले आप्रवासन सम्बन्धी निर्देशनको वैधतामा प्रश्न उठाए पछि कार्यवाहक महान्यायाधिवक्ता स्याली यट्सलाई बर्खास्त गर्नु भएको थियो ।
रिपब्लिकन पार्टीका नेताले भने डेमोक्र्या्टिक सिनेटरले गरेको अवारोध जायज नरहेको बताएका छन् । ट्रम्पको निर्देशनमा सात मुश्लिम मुलुकका नागरिकको अमेरिका आगमनमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।