काठमाडौ १८ माघ ।
भारतीको पश्चिमी राज्य महाराष्ट्रस्थित एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तीमा ९ जना कामदारको मृत्यु भएको छ ।
महाराष्ट्रको राजधानी मुम्बईदेखि करिब ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
गएराति भएको उक्त घटनापछि ट्याङ्कीबाट सात जनाको शव र आज विहानै थप दुई जनाको शव निकालिएको लातुर औद्यौगिक क्षेत्रका एक प्रहरी अधिकृतले आज जानकारी दिएका हुन् ।
मिलबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ । घटनापछि मिलका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline