आफ्नो आदेश नमानेपछि ट्रम्पद्धारा महान्यायाधिवक्ता बर्खास्त

आफ्नो आदेश नमानेपछि ट्रम्पद्धारा महान्यायाधिवक्ता बर्खास्त

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ १८ माघ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी आदेश नमानेको भन्दै महान्यायाधिवक्ता स्याली येट्सलाई पदबाट बर्खास्त गर्नुभएको छ । स्यालीले न्यायिक विभागलाई आप्रवासी सम्वन्धी ट्रम्पको आदेशको बचाउ नगर्ने बताउनु भएको थियो ।

हृवाइट हाउसले पूर्व राष्ट्रपति बाराक ओबामाले नियुक्रि गर्नुभएका महान्यायाधिपक्त स्यालीमाथि धोका दिएको आरोप लगाएको छ । स्यालीले आप्रवासी सम्वन्धी राष्ट्रपतिको आदेश नियम संगत नभएको बताउनु भएको थियो ।

राष्ट्रपति ट्रम्पले सिरियासहित मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन कार्यकारी आदेश दिनुभएको थियो । ट्रम्पले स्यालीको ठाउँमा जेफ सेशन्सलाई मनोनित गर्नुभएको छ ।

महान्यायाधिवक्ताको बयानपछि ट्रम्पले डेमोक्रेटिक पार्टीमाथि राजनीतिक कारणले आफ्नो मन्त्रिपरिषद् विस्तारमा अवरोध गरेको आरोप लगाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी